kumari
stcnepal

इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।

शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए ।नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।

footer