kumari
stcnepal

विगतमा पनि प्रमुख विपक्षी दल एमालेलाई बेलमा राखेर गर्नु-नगर्नु गरेको होईन र कांग्रेसले : सासद भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलामा कांग्रेसले नाराबजी गर्दै बेल घेराउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘सामान्य र नियमित कार्यसूचीमा असहमति जनाउनु/अवरोध गर्नु एउटा विषय हो, तर संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल हो ।’

भट्टराईले सभामुख देवराज घिमिरेको कदमलाई परिस्थितिजन्य र संवैधानिक बाध्यताको उपजका रुपमा लिनुपर्ने तर्क गरे । उनले थपेका छन्, ‘अन्य विषयमा आपसी संवाद र छलफलका माध्यमबाट समाधानमा पुग्ने कोसिसलाई जारी राख्नुपर्छ । संवैधानिक बाध्यता नहुँदानहुँदै विगतमा एमालेलाई बेलमा राखेर गर्नु नगर्नु गरेको पनि स्मरणै होला ।’

footer