linktrix Long Ad
Salt Trading Long Ad

विगतमा पनि प्रमुख विपक्षी दल एमालेलाई बेलमा राखेर गर्नु-नगर्नु गरेको होईन र कांग्रेसले : सासद भट्टराई

793
shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलामा कांग्रेसले नाराबजी गर्दै बेल घेराउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘सामान्य र नियमित कार्यसूचीमा असहमति जनाउनु/अवरोध गर्नु एउटा विषय हो, तर संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल हो ।’

भट्टराईले सभामुख देवराज घिमिरेको कदमलाई परिस्थितिजन्य र संवैधानिक बाध्यताको उपजका रुपमा लिनुपर्ने तर्क गरे । उनले थपेका छन्, ‘अन्य विषयमा आपसी संवाद र छलफलका माध्यमबाट समाधानमा पुग्ने कोसिसलाई जारी राख्नुपर्छ । संवैधानिक बाध्यता नहुँदानहुँदै विगतमा एमालेलाई बेलमा राखेर गर्नु नगर्नु गरेको पनि स्मरणै होला ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports