kumari
stcnepal

नेता पौडेलले मतदानमा भाग नलिने

काठमाडौं । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका रामन्द्र पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिए । सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम रहेको छ ।

footer