kumari
stcnepal

कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलायो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ ।

संसद् बैठक १ बजेका लागि आह्वान गरिएको छ । सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ ।

footer