kumari
stcnepal

अखिल क्रान्तिकारीले केन्द्रीय समितिको टुंगो लाग्यो

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रीय समितिको टुंगो लगाएको छ । अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् ।

गत असोज १४ देखि १८ गते काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेटअनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्यलगायत प्रदेश पदाधिकारी चयन भएपनि केन्द्रीय पदाधिकारी भने टुङ्गो लागेको छैन ।

जसमा केन्द्रीय प्रतिनिधिहरू ५६ जना रहेका छन् भने केन्द्रीय आयोगका सदस्यहरु ३९ जना रहेका छन् ।

 

footer