काठमाडौँ । कोशी प्रदेश सरकार विरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
उनलाई हटाएर नयाँ मुख्यमन्त्रीको रूपमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री संविधानको धारा १६८को उपधारा ५ अनुसार नै शपथ गराइएको थियो । त्यस विरुद्ध कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दाबी गर्दै आफू मुख्यमन्त्रीमा फर्कनुपर्ने आदेशको माग गरेका छन् । आजदेखि हुने अन्तिम सुनुवाइले कार्कीको पक्षमा फैसला सुनाए उनी मुख्यमन्त्रीमा फर्कने छन् भने रिट खारेज गरेमा हिम्मत कार्की नै मुख्यमन्त्रीमा निरन्तर हुने छन् ।