kumari
stcnepal

थपिए बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री

 

काठमाडौ । बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस) बाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रका तीन मन्त्री थप गरेका हुन् ।
माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त भएका छन् ।

त्यस्तै नेकपा (एस) बाट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषिको राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त भएका हुन् ।पाँच मन्त्री र एक राज्यमन्त्री थपिएपछि बागमती प्रदेशमा ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ ।

footer