kumari
stcnepal

कृषि विकास सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका अध्यक्ष सहित ४ जनालाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

ललितपुरको कुमारीपाटीमा रहेकाे याे सहकारी संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर)मा समस्याग्रस्त सहकारीको रुपमा उल्लेख गरिएको छ । पक्राउ पर्नेमा अध्यक्षसहित सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् । बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले उजुरी दिएका थिए । सोही आधारमा सहकारी विभागको पत्र लिएर उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

४३ वर्षीय थापा २०५६ सालदेखि उक्त सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उनले अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत हात हालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । थापा बैंकिङ कसुरका ५ वटा मुद्दामा दोषी ठहर भई फरार सूचीमा थिए । ५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई अर्ब ८० करोड निक्षेप रहेको उक्त सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको खुलेको छ ।

footer