विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कृषि विकास सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका अध्यक्ष सहित ४ जनालाई प्रहरीले गर्यो सार्वजनिक

663
shares

काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

ललितपुरको कुमारीपाटीमा रहेकाे याे सहकारी संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर)मा समस्याग्रस्त सहकारीको रुपमा उल्लेख गरिएको छ । पक्राउ पर्नेमा अध्यक्षसहित सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् । बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले उजुरी दिएका थिए । सोही आधारमा सहकारी विभागको पत्र लिएर उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

४३ वर्षीय थापा २०५६ सालदेखि उक्त सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उनले अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत हात हालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । थापा बैंकिङ कसुरका ५ वटा मुद्दामा दोषी ठहर भई फरार सूचीमा थिए । ५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई अर्ब ८० करोड निक्षेप रहेको उक्त सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको खुलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports