kumari
stcnepal

निति र सिद्धान्त विहिन दलहरुको औचित्य के ?

मंसिर महिना यस कारण चर्चित रह्यो । संघीय ससद हुदै प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेको १० औ महाधिवेशन सम्पन्न भयो । राप्रपाको नेतृत्व नै परिर्वतन भयो नेतृत्व पुस्तान्तरण समेत राप्रपामा भयो । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसको १४ औँ महाधिवेशन समेत सम्पन्न भएको छ । यहि पुष महिनामा सत्ताधारी दोस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन समेत हुदैछ तर यी सबै दलहरुका महाधिवेशन राजनितिक दलहरुको वैधानिकता जोगाउनका लागि मात्र भएको प्रमाणित हुदैँ गएको छ ।

महाधिवेशन सम्पन्न भएका कुनैपनि दलहरुले महाधिवेशनमा आ आफ्ना नेता तथा कार्यकर्ताहरुबीच पार्टीका निति तथा कार्यक्रमका बारेमा चुसम्म बोलेनन् । अर्थात निति तथा कार्यक्रमका बारेमा कुनै छलफल र बहसै गरेनन् । आफुलाई मुलुककै ठूलो लोकतान्त्रिक दल भन्ने नेपाली काग्रेसको महाहधिवेशनमा समेत निति र कार्यक्रम के हो भनेर महाधिवेशनमा सहभागी भएका नेता तथा कार्यकताहरुले नेतृत्व वर्गलाई प्रश्न गर्न नसकेकाले महाधिवेशन कर्मकाण्डी मात्र भएको छ ।

राजनितिक दलका महाधिवेशनहरुमा पार्टीको आगामी निति तथा कार्यक्रमका बारेमा व्यापक छलफल र बहस गरी पारित भएको निति र कार्यक्रम लाई जनतासामु लगिनु पदथ्यो तर त्यसो हुन सकेन । दलहरु भीत्र रहेका गुट उपगुट ती गुट उपगुटमा रमाउदै आएका नेता तथा कार्यकर्ताहरु समेत वडा तहदेखि नै विभाजित भएर महाधिवेशनमा सहभागी भएका हुनाले उनीहरु जसरी भएपनि आफ्नो पक्षका नेतालाई विजयी गराउन मात्र केन्द्रीत रहनुले गर्दा पार्टीहरुका महाधिवेशनहरु समेत देखाउने दाँतमात्र भएका छन् ।

दलहरुले एकले अर्कालाई विश्वासमा लिएर अघि बढ्नु पर्नेमा आफ्नै दलका नेता तथा कार्यकर्ताहरुलाई समेत विश्वासमा लिन सकेको अवस्था देखिएन । महाधिवेशनमा उम्मेदवारी दिने समय सम्ममा एउटा गुटमा रहेका नेताहरु उम्मेदवारी दिने वेलामा अर्काे गुटमा सामेल भएका छन् । गुट परिर्वतन गर्दै अर्को गुटमा पुगेका नेताहरुले निर्वाचन जिते पनि उनीहरु समेत गुटगत राजनितिमा नै रमाउने भएकाले दलहरुका महाधिवेशनहरु जनताको लागि कागलाई वेल पाक्यो हर्ष न विस्मत जस्तै भएको छ । आफुलाई लोकतन्त्र को मसीया ठान्ने नेपाली काग्रेसभीत्रका गुट उपगुटहरु थपिने क्रममा रहेका छन् । काग्रेसको १३ औँ महाधिवेशनमा रहेका गुट उपगुट भन्दा १४ औँ महाधिवेशनमा आइपुग्दा सम्म अरु गुट उपगुट बढ्दै गएका छन् । अहिले काग्रेसमा संस्थापन पक्षभीत्र पनि गुट र उपगुटहरु थपिएका छन् भने संस्थापन इतर पक्ष हिजो एकै ठाउमा रहेको भएपनि १४ औँ महाधिवेशन रहेको वेला अरु गुट निर्माण भएका छन् । १३ औँ महाधिवेशनमा शेरवहादुर देउवालाई सहयोग गर्दै आएका विमलेन्द्र निधि र प्रकाशमान सिहले समेत गुट निर्णय गरेका छन् भने कृष्ण प्रसाद सिटौलाले त १३ औँ महाधिवेशन कै वेला गुट निर्माण गरेका थिए ।

त्यो गुटलाई प्रयोग गरेर सिटौलाले सत्तासग समेत वाग्रेनिङ गरिरहेका हुन् । प्रकाशमान सिह र निधिले समेत गुट निर्माण गरेका हुनाले अब उनीहरुले समेत आ आफ्नो गुटको प्रयोग गर्दै सत्तासँग र पार्टीभीत्रै पनि वार्गेङ्गिन गर्ने प्राय निश्चित रहेको छ । यस प्रवृतिले गर्दा नेपाली काग्रेसलाई अब लोकतान्त्रिक पार्टी भनिनु भन्दा गुट निर्माण गर्ने र त्यही गुटलाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्ने पार्टीको रुपमा हेरिनु उपयुक्त हुनेछ । बहुदलिय व्यवस्थामा राजनितिक दलहरु बलियो हुनु अनिर्वाय सर्त हो । दलहरुले वाटो विराएको खण्डमा त्यस्को प्रत्यक्ष मार जनतामा पर्ने निश्चित छ । जनताको सेवाका लागि दलहरु गठन भएका हुन भने उनीहरु आ आफ्नो पार्टीको सिद्धान्त भीत्र रहेर जनताको विश्वास जित्न सक्नु पर्नेमा राजनितिक दलको नेतृत्वको विश्वास जितेर आफ्नो स्वार्थ पूर्ति गर्नेमा नेताहरु लागेका हुनाले जनतामा लोकतन्त्र प्रति नै अविश्वास वढ्दै गएको छ । के लोकतन्त्र भनेको केही व्यक्तिहरुलाई सत्तामा पु¥याइदिने भ¥याङ मात्र हो त ?

लोकतन्त्र भनेको जनताको हित हो । हामी कहाँ भने ठिक त्यस्को उल्टो भएको छ । लोकतन्त्रको नाममा नेताहरु मोटाएका छन् । हिजो चप्पलसम्म लगाउन नसक्ने व्यक्तिहरु कसरी छोटो समयमै अरवपति वन्न सफल भए । उनीहरुको व्यवसाय के ? अहिले जनताले उठाउने गरेको प्रश्न यहि हो । सक्षम र योग्य भएपनि गरीवले राजनितिमा आउन सक्ने अवस्था नै देखिदैन । एउटा वडाअध्यक्ष वन्नका लागि समेत लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । सासद वन्नको लागि करोडौँ रुपैयाँ आवश्यक हुन्छ पैसा खर्च नगरी कुनै पनि पदमा जान पाईदैन । अहिलेको हाम्रो सत्य र वास्तविकता भनेको यहि हो । के लोकतन्त्र भनेको यहि हो त ? लोकतन्त्र भनेको धनीमानीहरुका लागि मात्र हो कि गरीव जनताको लागि पनि हो ?

राजनितिक दलका नेताहरु नै भन्न थालेका छन् करोड रुपैँया नभएसम्म सासद वन्न सकिदैन भनेर करोडौँ खर्च गरेर आएपछि त्यो पैसा असूलेता उपर गर्न उनीहरु सबै काम गर्न तयार रहने र पैसा धनीमानीहरुसगै र काला व्यापारी र उद्योग पतिहरुसँगै हुने भएकोले उनीहरुले तिनै व्यापारी र उद्योगपतिहरु कै हितमा काम गर्ने पद्धती नै परिमार्जित गर्न पर्ने आवश्यकता देखिएको छ । लोकतन्त्रमा सबैको हैसियत वारवर भन्ने गरिएपनि त्यो लागु हुन सकेको छैन, धनीमानीहरु दिन प्रतिदिन धनी हुदै गएका छन् भने गरीव अझ गरीव हुदै गएका छन् । यो किन ? यो सब राजनितिक दलहरु कै उपज हो । राजनितिलाई कमाई खाने भाडोको रुपमा जवसम्म प्रयोग गर्न रोकिन सकिदैन तवसम्म जनताको जिवन स्तरमा कुनै सुधार आउन सक्ने सम्भावना देखिदैन ।
राजनितिलाई महगो वनाइयो किन ?

राजनितिमा पैसा हुनेहरु मात्र आउन भन्ने उद्देश्यले राजनितिलाई महगो वनाईएको हो । जवसम्म राजनितिलाई सबैको साझा वनाईन्न तव सम्म अहिलेको जस्तो जनतालाई भूल भलैयामा राखेर राजनितिक दलका नेताहरुले जनतालाई चुसी रहन्छन् त्यही कारणले गर्दा अब राजनितिक प्रकृयाई नै परिर्वतन गरी सबै तप्काका व्यक्तिले राजनितिक गर्न सक्ने वातावरण वनाउनु पर्नेमा दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ताली पिट्ने कार्यमा मात्र सरिक गराएका हुनाले अब हामी जनताले उनीहरुलाई सध्नै पर्दछ र लोकतन्त्र र लोकतान्त्रिक पद्धती भनेको ताली पिट्ने मात्र व्यवस्था हो भनेर जनताको काम ताली पिट्ने मात्र हो त ?

footer