kumari
stcnepal

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बादलका छोरा प्रतीक थापालाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो । उनलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

बादल गृहमन्त्री हुँदा विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए ।

footer