kumari
stcnepal

देउवा असफल प्रधानमन्त्री

काठमाडौं । शेरबहादुर देउवा पाँचौपल्ट प्रधानमन्त्री बने । दोस्रो पल्ट सभापतिमा पनि चुनाव जिते । नेता हुन् त देउवाजस्ता, सफलता मिलोस् त देउवालाई जस्तो ।तर देउवाको राजनीतिक जीवन अँध्यारो छ । पाँचपल्ट प्रधानमन्त्री भएर उनले देशलाई के दिए ? स्वयम् नेपाली कांग्रेसलाई के दिए ? यसको नतिजा शुन्य छ । राजनीतिक बिकृतिभन्दा बढी उनले केही पनि दिएनन् ।

हो, देउवा चुनाव जित्ने तरकिववाला नेता हुन् । उनले संसदीय चुनाव हारेनन् । पार्टी चुनाव पनि हारेनन् । यहाँसम्म कि आफैविरुद्ध लडेका प्रकाशमान सिंंह र विमलेन्द्र निधिलाई समेत आफ्नै पक्षमा उभ्याएर आफू चुनाव जित्न सफल भए ।

यस्तो जीत केको जीत । जसले न पार्टीलाई, न राष्ट्रलाई केही दिन सक्यो । देउवाबाट कांग्रेसी क्याडरले सिक्ने भनेको भ्रष्टाचार र अनियमितता नै हो । यसकारण कांग्रेसको भविष्य अन्धकार छ । उज्यालो देखाउने कुनै दियो नेता देखिदैन कांग्रेमा ।

चुनावपछि कम्युनिष्टमा जस्तो कुनै नेताले कसैमाथि गद्धारको आरोप लगाएनन् । प्रतिक्रियावादी वा विदेशीको दलाल पनि कसैले भनेनन् । कसैले केही भने– देउवा दाई भने । कांग्रेसमा जो छन् दाईमात्र छन् । जसलाई जुन दाई मनपर्छ उतै लाग्न छुट ।
कांग्रेसको अधिवेशनमा यसपल्ट आश्चर्यजनक घटना भनेको भारतले खेल्यो, र पस्यो भन्ने आरोप कसैले पनि उच्चारणसम्म पनि गरेनन् । यो चाहिं उपलव्धि नै मान्नुपर्छ ।

footer