kumari
stcnepal

बेलायतमा स्टार्मरको नेतृत्वमा मन्त्रिपरिषद गठन, रिभ्स बनिन पहिलो महिला अर्थमन्त्री

लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ ।

त्यस्तै रेचल रिभ्सलाई अर्थमन्त्री नियुक्त गरिएको छ । रिभ्स बेलायतको पहिलो महिला अर्थमन्त्री हुन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारी डेभिड लेमीलाई दिइएको छ भने यभेट कुपरलाई गृहमन्त्री बनाइएको छ ।  यसैगरी जोन हेलीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । शबाना महमूदलाई न्यायमन्त्री बनाइएको छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको हो ।
यो जितपछि स्टार्मरले भने, ‘तपाईंले यसको लागि प्रचार गर्नुभयो। तपाईंले यसको लागि लड्नुभयो। तपाईंले भोट गर्नुभयो र अब समय आएको छ। परिवर्तन यहाँबाट सुरु हुन्छ। र इमानदारीपूर्वक भन्नुपर्दा मलाई धेरै राम्रो लाग्छ। लेबर पार्टी आजको दिनको लागि परिवर्तनका साथ देश सेवा गर्न तयार छ।’  पराजयपछि पूर्वप्रधानमन्त्री ऋषि सुनकले राष्ट्रका नाममा सम्बोधन गर्दै हारको जिम्मेवारी लिएका थिए ।एजेन्सी
footer