kumari
stcnepal

निधि, यति विधि

काठमाडौं । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाका लागि आखिर निधि नै निर्णायक बने । पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुनेभयो । यसअघि नै विमलेन्द्र निधि, अर्का प्रत्यासी प्रकाशमान सिंहलाई भेट्न पुगे । कानुखुशी भयो र प्रम तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवा निधिलाई भेट्न पुगे ।

त्यसपछि निधि र प्रकाशमानले घोषणा गरे– हामीले परिवर्तनका लाग उमेदवारी दियौं, मतदाताले समर्थन दिएनन् । अब हामी शेरबहादुर देउवालाई नै समर्थन गर्छौं । नभन्दै देउवाले सभापतिमा चुनाव जिते । प्रत्यासी शेखर कोइरालाले चुनाव हारे । पार्टीका ठूला नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौलामात्र होइन, कोइराला परिवार अर्थात गिरिजापुत्री सुजाता कोइरालाले समेत देउवालाई जिताइन्, देउवाको जितमा खुशी मनाइन् ।

देउवाले किन र कसरी चुनाव जिते, शेखर कोइरालालाई हराए, त्यसको रहस्यका पोकाहरु बिस्तारै फुक्दै जाने आँकलन छ विश्लेषकहरुको । स्मरणीय के पनि छ भने पहिलो चरणको चुनावमै निधि र सिंहले भनेका थिए– दोस्रो चरणको चुनाव भयो भने परिवर्तनका लागि एकता गरिने छ । रातारात के भयो कुन्नी, उनीहरुले यथास्थितिलाई अँगालो मार्न पुगे । देउवाको चुनाव जित्ने सूत्रको जति प्रशंसा गरे पनि हुन्छ । समाजमा जुन नारा लागेको छ, पुस्तान्तरणको त्यो नेपाली कांग्रेस र एमालेका लागि लागु हुनसकेन ।

footer