kumari
stcnepal

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक

 

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । ति निर्णयहरु यि हुन् । नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

त्यस्तै विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिएका छन् ।

 

footer