kumari
stcnepal

स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतका परिमार्जित शुल्क भदौ देखि लागू हुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गर्दै परिमार्जित दर रेट १ भदौदेखि लागू हुने बताएको हो । बोर्डले यसअघि नयाँ दर रेट १ साउनदेखि लागू हुने भन्दै सूचना प्रकाशित गरेको थियो । सेवा प्रदायक सबै स्वास्थ्य संस्थाले नयाँ पद्धती लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भन्दै लागू हुने समय सार्न आग्रह गरेको बोर्डले जनाएको छ ।

परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।

footer