kumari
stcnepal

सर्वदलीय बैठक आज अपरान्ह ४ बजे बस्दै

काठमाडौं । संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा राख्ने र संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ, उनले भने गत मंसिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध पार्दै आइरहेको

footer