kumari
stcnepal

न्याय सेवा आयोगले उपसचिवहरूको सरुवा र पदस्थापन गर्‍यो

काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरेको हाे ।

उपसचिवतर्फ निधिराज न्यौपाने र उत्तम गौतमको सरुवा गरिएको छ। उनीहरूलाई नेपाल कानुन आयोग र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। सरकारी वकिलतर्फ उपन्यायाधिवक्ता धर्मराज जोशीलाई उच्च सरकारी वकिल कार्यालय दिपायलबाट जिल्ला सरकारी वकिल कार्यालय भोजपुरमा सरुवा गरेको छ। शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरिएको छ।

सीता घिमिरे, शर्मिला बिक र सुरेशप्रसाद चौलागाईलाई सरुवा गरिएको छ । त्यस्तै २१ जना नयाँ उपसचिवहरूलाई नियुक्ति र पदस्थापन गरिएको छ। न्याय सेवा आयोगमा प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत, महान्यायाधिवक्ता रमेश बडाल, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र न्याय परिषद्का सचिव यमबहादुर बुढामगर हुने गर्दछन् ।

footer