kumari
stcnepal

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

काठमाडौं, ९ साउन । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन गरिएको छ ।

प्रभु बैकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले आज एक समारोहकाबीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रमा बोल्दै उहाँले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केटले सफलता पाउन सकोस् भन्द्रै शुभकामना समेत व्यक्त गर्नुभयो । सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुशी लागेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिँदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बुद्धनगर- १०, नयाँबानेश्वर काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

footer