kumari
stcnepal

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो ।

बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी छन् । यसअघि शुक्रबारको कार्यदल बैठकले टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । कार्यदल स्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्ने कि नगर्ने भन्ने विषयबारे सहमति जुट्न बाँकी छ ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा संलग्नहरूलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्न सक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत भए पनि बाँकी विषयमा सहमति जुट्न बाँकी नै छ । ती विषयमा सहमति खोजेर कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ । कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

footer