kumari
stcnepal

एमालेको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

 

काठमाडौ । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

footer