kumari
stcnepal

बल्खु खोलामा बाढी, एक जना मृत भेटिए

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एकजना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो रहेका छन् । बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुलमुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।

footer