kumari
stcnepal

एमाले केन्द्रीय कार्यालयमा मनोहराको पानी पस्यो, कार्यालय डुबान

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ।

गएराति देखिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो। एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका छन्। गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन्।

footer