kumari
stcnepal

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएको हो ।निगमकाअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धन, एलपी ग्यासको मूल्य भने यथावत कायम राखिएको छ ।

मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ ।

footer