kumari
stcnepal

संगीत गुरु गुरुदेव कामतको निधन

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित आफ्नै घरमा उनको आज बिहान ८ बजे उनको निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

footer