kumari
stcnepal

काभा महिला भलिवल लिगमा नेपालको पहिलो हार

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा घरेलु टिम नेपाललाई ३–२ ले हराउँदै इरानले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । यो लिगमा नेपालको भने पहिलो हार हो ।

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । पहिलो र तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । पहिलो सेटमा सुरुवातदेखि नै दबाब बनाउँदै १७–८ को अवस्था सम्म आइपुग्दा नेपाल दबाबमा नै रहेको थियो । १९–११ को स्थितिमा इरानले पहिलो टाइम आउट लिँदै नेपालको मोमेन्टम ब्रेक गर्ने प्रयास गर्‍यो । सोही अनुरुप नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो ।

दोस्रो सेटमा भने नेपालले ४–० को अग्रतासहित सुरु गर्‍यो । लगातार नेपालले अंक ल्याउँदा इरानले टाइम आउट लियो । तर टाइम आउटपछि पनि नेपालले लगातार अंक जोड्न भने छोडेन ।लगातार नेपालले अंक जोड्दा ७–१ को अवस्थामा खेलमा फर्किएको इरानले १०–३ मा खेल थियो । अन्ततः नेपालले दोस्रो सेट २५–१६ ले जित्यो । तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिएको थियोे । तर इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो ।

खेल २० को अंकमा पुग्दा इरानले २०–१८ ले अग्रता लियो । त्यसपछि खेल नेपालले २१–२१ मा फर्कायो । तर सेट भने इरानले २५–२३ ले जित्यो ।चौथो सेट पनि सुरुमा उतारचढाव भएपछि भने नेपालले २१–१२ को सेटमा पुनरागमन सहित २५–१५ ले चौथो सेट जित्यो । पाँचौं सेटमा ८–६ ले इरानले अग्रता बनाउँदै कोर्ट परिवर्तन भयो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।

नेपालले यसअघि श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियोे । इरान भने पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

footer