kumari
stcnepal

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव सम्हालेका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।

र्जाको विषयमा राम्रो विज्ञता राख्ने उनी बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको रुपमा जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

footer