kumari
stcnepal

संसद दुगडको जग्गा हडप्ने दाउ

काठमाडौ । नेपाल सर कार ले
नेपाल खाद्य संस् थान र नेशनल टेडिङ्ग
लिमिटेडलाई गाभेरर राष्ट्रिय आपूर्ति कम्पनी
बनाउने निर्णय गरे पश्चात् केही काला
व्यापारिहरू सर कार को आपूर्ति कम्पनी
बनाउने कार्यलाई र रोक्न ज्यान छोडेर
लागि परेका छन् । त्यस कार्यका नेतृत्व
तत्कालिन नेकपा एमालेको कोटाबाट
समानुपातिक कोटामा प्रतिनिधिसभा
सदस् य बनाइएका विराटनगर का होटल
ह्यारि सन प्यालेसका मालिक मोतिलाल
दुगड लागि परेका छन् । सर कार ले
र राष्ट्रिय आपूर्ति कम्पनी बनाउनु हुँदैन
भन्दै प्रधानमन्त्रीकेपी ओली रउद्योग तथा
वाणिज्य एवं आपूर्ति मन्त्रीलाई घुमाईर हेका
छन् । निजी क्षेत्रले सबै काम गर्न सक्छ
भन्दै सर कार को निर्णयलाई बदल्ने सकेको
खण्डमा नेपाल खाद्य संस् थान रनेशनल
टेडिङ्ग लिमिटेडको नाममा र हेका जग्गा
हडप्ने दाऊमा सांसद दुगड र हेको सुत्रले
दाबी गरेको छ ।
केपी ओली पहिलोपटक प्रधानमन्त्री
बनेका बेला दुगडले विरागटनरस् स्थित
आफ्नो होटल ह्यारिसन प्यालेसको
उद्घाटन गर्न प्रधानमन्त्री आलीलाइ
विराटनगर पुर्याएका थिए । त्यही बेला
देखि प्रधानमन्त्री ओली र सांसद दुगडको
सम्बन्ध भएको रप्रधानमन्त्रीसहितका
हालको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू
सांसद दुगडको होटलमा बस् ने गरेका छन् ।
सांसद दुगडले नेपाल कम्युनिष्ट पार्टीले
आयोजना गर्ने कार्यक्रमहरू समेत त्यही
होटलमा हुने गरेको रसांसद दुगडले
कार्यक्रम गरे वापत् कुनै पैसा नलिने गरेकाले
अहिले खाद्य संस् थान र नेशनल टेडिङ्गको
नाममा मुलुकभर मा र हेका जग्गा हडप्ने
उदेश्यले उनी प्रधानमन्त्री ओलीसँगै भ्रमणमा
जाने गरेका छन् । सांसद दुगडले पहिला
सेन्चुरी मसलाको व्यापार गर्दथे अहिले
उनले मसला लगायत तेलको समेत व्यापार
गर्दै आएका र आफूले तत्कालिन नेकपा
एमालेलाई ठुलो धन राशी दिएर सांसद पदनै
खरिद गर्न सफल भएको बताउँदै आफूले
कुनै हालतमा सरकार लाई राष्ट्रिय आपूर्ति
कम्पनी बनाउन नदिने भन्दै निज दुगडले
प्रधानमन्त्री ओलीका सल्लाहकार लाई समेत
राम्रो नजराना दिई सकेको भन्दै केही भ्रस्ट
व्यापारीहरूबाट समेत केही र कम
उठाएको सुत्रले दाबी गरेको छ ।
सरकार ले आफ्ना जनतालाई आवश्यक
पर्ने खाद्यान्नल गायत अन्य आवश्यकीय
सामाग्री सर्वसुलभ रुपमा विक्रि वितरण गर्ने
मुख्य उदेश्य रराखेर राष्ट्रिय आपूर्ति कम्पनी
बनाउने निर्णय गरिखाद्य संस् थान रनेशनल
टेडिङ्ग लिमिटेडलाई त्यसै अनुरुप अघि बढ्न
आदेश दिईसकेको अवस् थामा सांसद दुगडको
चलखेलले गर्दा अहिलेसम्म ठोस कार्य हुन
सकेको छैन । र राष्ट्रिय आपूर्ति कम्पनी बनाउन
नदिने र णनीतिलाई अर्थ मन्त्रालयका केही
उच्च अधिकारिहरूले समेत सांसद दुगडलाई
सहयोग गर्दै आएका छन् । मन्त्रिपरि षद्को
निर्णय नै उल्टाउने प्रयासमा सांसद दुगड
लागेका रउनी प्रधानमन्त्री ओलीको स् वदेश
भ्रमणमा सधै साथमा रहिरहने गरेका छन् ।
सांसद दुगडको नियत सफा देखिएको
छैन । उनले निजी क्षेत्रले जनतालाई आवश्यक
पर्ने सबै सुविधा पुराउने रहेको भन्दै
प्रधानमन्त्री ओलीलाई फकाईर हेका छन् ।
सर कार ले आफ्ना जनतालाई आवश्यक पर्ने
सेवा सुविधा सबै निजी क्षेत्रलाई सुम्पिएको
खण्डमा जनता महंगीको मार मा पर्ने र
जनताले चाहेनुसार को सेवा सुविधा समेत
नपाउने भएकाले ओली नेतृत्वको सरकार ले
कसैको दवामा नपरी तत्काल र राष्ट्रिय आपूर्ति
कम्पनी बनाउने कार्यलाई अघि बढाउनु
आवश्यक छ । सांसद दुगडले जनतालाई
सेवा सुविधा दिने भन्दा पनि खाद्य संस् थान
र नेशनल टेडिङ्गको नाममा र हेको अबौं
अर्बको जग्गा हडप्ने मुख्य उदेश्यका साथ
प्रधानमन्त्री, आपूर्तिमन्त्री र प्रधानमन्त्रिका
सल्लाहकार हरूलाई समेत प्रयोग गरेरआफ्नो
स् वार्थ पूर्तिगर्नका लागि परेका छन । उनले
आफूले तत्कालिन नेकपा एमालेलाई ठुलो
सहयोग गरेको र भविष्यमा समेत सहयोग
गर्ने भन्दै आफूलाई संस्थान र नेशनल टेडिङ्ग
लिमिटेडको नाममा र हेको जग्गा उपलब्ध
गराईदिन पटक पटक प्रधानमन्त्री सहित
आपूर्तिमन्त्री रप्रधानमन्त्रीका राजनीतिक
सल्लाहकार हरूलाई अनुरोध गरि सकेको
सुत्रले दाबी गरेको छ ।
नेपाल खाद्य संस् थान र नेशनल टेडिङ्ग
लिमिटेडको नाममा काठमाडौ उपत्यका
लगायत मुलुकका अन्य ठाउँका महत्वपूर्ण
ठाउँमा जग्गा र हेकोले सोही जग्गा हडप्ने
उदेश्यका साथ उनी अगाडि बढेका छन् । सबै
चिज निजी क्षेत्रलाई दिँदा जनताले आवश्यक
सेवा नपाएको पाइहाले पनि महँगो हुने गरेको
छ । साल्टटेडिङ्ग लिमिटेडले चीनी, मल,
कागज, ग्यास, तेललगायत चामल गेडागुडी
विक्रि वितर ण गरि र हेको अवस् थामा साल्टले
चीनी विक्रि वितर ण गर्न नसकेको खण्डमा
चीनीको मूल्य अकाशिने अवस् था र हन्छ ।
सर कारभनेको व्यापारी होइन व्यापारीले
नाफा खानकै लागि व्यापारगर्ने गरेका हुनाले
जनतालाई आवश्यक पर्ने सामाग्रीहरूको विक्रि
वितरण सर कार ले नै गर्नु आवश्यक हुन्छ ।
यी सबै कारणहरूले गर्दा सर कार ले सांसद
दुगड र केही काला व्यापारीहरूलाई पोस्नैका
लागि र राष्ट्रिय आपूर्ति कम्पनी नबनाउन निर्णय
गरेको खण्डमा सांसद दुगड त अर्बपति बन्ला
त्यसबेला जनताको हालत कस् तो होला ?
त्यसैले मसला व्यापारीको लहलहैमा लागेर
र राष्ट्रिय आपूर्ति कम्पनी बनाउने आफ्नु
निर्णयलाई सर कार ले रद्द गर्न हुँदैन । यदि
त्यसो भएमा सर कार ले जनतामाथि घात
गरेको ठहरि न सक्छ । आर्थिक सहयोग
गरेकै भर मा सर कार ले काला व्यापारीहरूको
कुरा सुनेरनिर्णय लिने हो भने तिनै काला
व्यापारीहरूलाई नै सरकारको जिम्मेवारि दिए
हुनेछ एक उच्च सरकारी अधिकारीले भने
सांसद दुगडको चलखेल असोभनिय रहेको
छ । उनी प्रश्न गर्दछन् प्रधानमन्त्रीले किन
सांसद दुगडलाई बोक्छन् सर कार को काम
काला व्यापारिलाई पोस्ने होइन, जनतालाई
सेवा सुविधा दिने हो ।

footer