kumari
stcnepal

पेरिस ओलम्पिक : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो फुटबल उपाधि

आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई ५-३ ले हराउँदै स्पेनले स्वर्ण जितेको हो ।

स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे । फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए । एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए । सात मिनेटपछि फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।

त्यसपछि भने स्पेनले आफ्नो आक्रामक रूप प्रस्तुत गर्दै लगातार दुई गोल थप्यो। २५औं मिनेटमा लापेजले टोली र व्यक्तिगतका लागि व्यक्तिगत दोस्रो गोल गरे। त्यसको तीन मिनेटमै बेनाले अर्को गोल थपे । अक्लिउचेलले ७९औं मिनेटमा गोल गर्दै खेल २–३ को स्थितिमा ल्याए । इन्ज्युरी समयका माटेटाले पेनाल्टीमार्फत् गोल गर्दा खेल ३–३ को बराबरीमा पुगेको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो। १०० र अतिरिक्त समयको पहिलो इन्ज्युरी समयमा क्यामेलोले गोल गर्दै स्पेनलाई जीत दिलाए ।

footer