kumari
stcnepal

बागजबारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको निधन

काठमाडौँ । राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको निधन भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

हिजो दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताएका छन् ।

सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको निधन भएको भन्दै विद्यार्थीहरुले आन्दोलन उत्रिएका छन् ।

footer