kumari
stcnepal

जेल बसेका ब्यक्तिलाई मन्त्री बनाएपछि थाइल्याण्डका प्रधानमन्त्री स्रेथा बर्खास्त

काठमाडौँ-थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ। जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो।

६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ। एक बर्षभन्दा कम अवधि प्रधानमन्त्री बनेका उनी पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री हुन्। अदालतको फैसलाले थाइल्याण्डमा राजनीतिक अस्थिरताको आशंका बढेको छ। थाइल्याण्डको राजनीति नैतिकताका लागि चिनिँदैन, बरु घुसखोरी सामान्य जस्तै छ र, विगतमा निकै गम्भीर आरोप लागेका मानिसहरु समेत मन्त्री पदमा रहे।

धेरैले यसलाई राजनीतिक फैसला भनेका छन्। तर यसका लागि कसले दबाव दिएका थिएन भन्ने प्रष्ट छैन । प्रधानमन्त्री थविसिनले २७ अप्रिलमा वकिल समेत रहेका सिनेटर पिचित चुएनबनलाई प्राधनमन्त्री कार्यालयको मन्त्री नियुक्त गरेका थिए।

footer