kumari
stcnepal

कांग्रेसमा पूर्वराष्ट्रपति यादवका छोराले जिते

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतपरिणाम आउने क्रममा जारी छ । निर्वाचनमा पूर्वराष्ट्रपति डा.. रामवरण यादवका छोरादेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनीसम्मले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा पूर्वराष्ट्रपति यादवका छोरा डा .चन्द्रमोहन यादव पाँच जना खुला मधेसी केन्द्रीय २१३८ मतसहित तेस्रो नम्बरमा निर्वाचित भएका छन् । २१ जना उम्मेदवारमा उनले सर्वाधिक तेस्रो मत पाए ।

पूर्वराष्ट्रपति यादवका छोराले जित्दा उनकी भतिजी एवं वर्तमान राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव पराजित भइन् । चार जना मधेशी महिला केन्द्रीय सदस्यमा २७२२ मत पाएर पाँचौं हुँदै किरण हारिन् ।

footer