kumari
stcnepal

सरकारले एकै चोटी ५९ जना सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी यसअघि नै काजमा आएर प्रधानमन्त्रीको निजी सचिवको रुपमा कार्यरत थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

यसैगरी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई पनि अर्थमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमै सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालयमा पुगेकी छिन् । महावाणिज्य दूत बनाउने तयारीसहित ४ सहसचिव परराष्ट्र मन्त्रालयमा पुगेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा पुगेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा भएका छन् । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ। भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् । अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतो पनि लोक सेवा आयोगमा पुगेका छन् । सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भ्रष्टाचार मुद्दामा मुछिएका अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन् । सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् । रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । लामो समदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।

बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएकी छिन् । कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतमा ल्याइएको छ । बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन् । सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन् । सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् । सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा ल्याएर थन्क्याइएका छन् ।यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा पठाइएको छ । पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्रमा पुगेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । उनीसँगै परराष्ट्र गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन् । सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् ।

सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाएका छन् । सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ ।सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन् । सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् ।कोलकातामा महावाणिज्यदूतका रुपमा कार्यकाल पूरा गरेर फर्किएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले राष्ट्रपति कार्यालयमा जिम्मेवारी पाएका छन् ।

चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन् ।दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन् । ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

footer