kumari
stcnepal

सुनको मूल्य नयाँ रेकर्ड कायम : आज सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६ सय

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो। गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

footer