kumari
stcnepal

रास्वपामा भुईचालो, ६० जना नेताले त्यागे पार्टी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दाङ जिल्लाका ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् । सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको बताए । सभापति विभिन्न आरोपमा मुछिए पछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताए । देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न पनि उनले आग्रह गरे । पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरेका हुन् ।

footer