kumari
stcnepal

सुनसरीका जसपा अध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

शुक्रबार एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा राई एमालेमा प्रवेश गर्नुभएको हो । राईलगायत एमाले प्रवेश गर्ने नेताहरूलाई एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईलगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।बैठकले मिसन २०८४ लाई केन्द्रीत गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेटसमेत निर्माण गरेको छ ।

एमाले प्रवेश गर्नुभएका रवीन राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सानातिना मतभेदलाई बिर्सिएर पार्टीको सबै ध्यान मिसन २०८४ मा केन्द्रीत गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सबै राष्ट्रभक्त नेपालीहरूलाई एमालेमा समाहित हुन पनि आह्वान गर्नुभयो ।

footer