kumari
stcnepal

साफ यू- २० : नेपाल भुटानलाई पराजित गर्दै फाइनलमा प्रवेश

काठमाडौँ । नेपाली टोली साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न सेमिफाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसअघि पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले सुरुआती अग्रता लिएको थियो । भुटानका लागि ५६औँ मिनेटमा जेत्सन दोर्जीले पहिलो गोल गरेका थिए । त्यसपछि भुटानी टोली १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउँदै नेपालका लागि ७८औँ मिनेटमा नीराजन धामीले जवाफी गोल गरेका थिए ।

footer