kumari
stcnepal

साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई हराउदै बगलादेश फाइनलमा प्रवेश

काठमाडौं । बंगलादेश साफ यू–२० च्याम्पियनसिपको‌ फाइनलमा पुगेको छ ।

साविक विजेता भारतलाई सोमबार पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो । अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १–१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो ।

बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो। दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि रक्षा गर्नबाट चुकेको छ । नेपाल र बंगलादेशबीचको फाइनल बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

footer