kumari
stcnepal

कांग्रेसमा बिवाद : केन्द्रीय समितिको बैठक १६ गतेका लागि सारियो

काठमाडौं । भोलि बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ गतेलाई सरेको छ । कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ भदौको दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् ।

२३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ । प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ । यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाएका थिए । तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै सारिएको एक नेताले जानकारी दिए ।

footer