kumari
stcnepal

साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश बीच खेल हुने

काठमाडौं । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् । दुवै खेलमा एकएक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो ।नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए । जसमा नेपाल विजयी भएको थियो । सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । उता, बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित हुन पुग्दै आएको टिम हो ।

बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन् । उनीहरुले समूह चरणमा गरेका गल्तीलाई सुधार गर्दै फाइनल खेल्ने बताएका हुन् ।

 

footer