kumari
stcnepal

पूर्व सभामुख सापकोटा बिरूद्धको मुद्धाको सुनुवाई फेरी सर्यो

काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति तोकिएपनि सरेको जानकारी दिए ।

यसअघि असार १२ गते पनि एक न्यायाधीश अनुपस्थित भएपछि निर्णय सुनाउने मिति सरेको थियो । आज भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ । प्रधानन्यायाधीश सहित न्यायाधीशहरुको अन्य मुद्दा पनि भएका कारण समय भएको प्रवक्ता कुइँकेलले बताए ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते नै बहस सकिएको थियो । सो दिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो।

footer