kumari
stcnepal

कांग्रेस–एमालेले होइन दाहालले नै धोका दिँदै आएका हुन्

 

काठमाडौ । २०७९ मंसिर ४ मा सम्पन्न भएको संघीय संसद र प्रदेशसभाका निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रत्यक्षतर्फ जम्मा १८ सिटमा मात्र जित हाँसिल गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसले प्रधानमन्त्री नबनाउने भएपछि उनी प्रधानमन्त्री बन्नैका लागि एमालेको शरणमा पुगेर प्रधानमन्त्री बनेका थिए ।
त्यसबेला उनले गठबन्धन गरेसँगै निर्वाचन लडेको कांग्रेसलाई धोका दिएका थिए । अहिले आएर दाहालले आफ्नो पार्टीका हरेक बैठक र कार्यक्रमहरुमा आफूलाई एमाले अध्यक्ष केपी ओलीले धोका दिएको बताउँदै आएका छन् । तर वास्तविकता त्यस्तो देखिँदैन दाहालले नै पटक पटक कांग्रेस–एमालेलाई धोका दिँदै आएका हुनाले बाध्य भएर कांग्रेस–एमालेले गत असार १७ गते ७ बुँदे सहमति गरेका हुन् ।
२०७९ पुस ४ गते पुष्पकमल दाहाल नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका थिए । तर उनले सरकारको नेतृत्व गरेको दुई महिना नपुग्दै फेरी कांग्रेसको शरणमा पुगेर कांग्रेससँग सत्ता गठबन्धन गर्ने निर्णय गरे । त्यसबेला उनी नेकपा एमाले, सहितको सरकारका प्रधानमन्त्री रहेका थिए । त्यसबेला उनले कांग्रेससँग गठबन्धन गर्ने निर्णय गरे । त्यसबेला उनी नेकपा एमालेसहितको सरकारका प्रधानमन्त्री रहेका थिए । जब उनले कांग्रेससँग गठबन्धन गर्ने निर्णय गरे त्यसबेला उनले एमालेका मन्त्रीहरुलाई पदबाट हट्न बाध्य मात्र बनाएका थिएनन् एउटा कार्यक्रममा भाग लिन जाने क्रममा एयरपोर्ट पुगेकी तत्कालिन परराष्ट्रमन्त्री विमला पौडेललाई एयरपोर्टबाटै फिर्ता बोलाएका थिए । यसरी आफ्नो स्वार्थ पूरा गर्दै आएका दाहाललाई त्यतिबेला ठुलो झड्का लाग्यो । जुनबेला असार १७ गते कांग्रेस र एमालेले ७ बुँदे सहमति गरेर सरकार निर्माण गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरे ।
असार १७ गते भएको कांग्रेस–एमालेबीचको सहमति अनुसार पहिला एमालेका अध्यक्ष केपी अ‍ोली २ वर्षका लागि प्रधानमन्त्री बनेका छन् भने दुई वर्ष पछि २०८४ को निर्वाचन सम्मका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमनत्री बन्ने सहमति भएको छ । त्यही सहमतिलाई भत्काउन पुष्पकमल दाहालले अहिले ओली विरुद्ध गाली र धोका दिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाइ भुलभुलैयामा राख्ने प्रयास जारी राखेका छन् । वास्तवमा कांग्रेस–एमालेले दाहालाई धोका दिएका होइन उनले नै कांग्रेस–एमालेलाई पटक पटक धोका दिँदै आफ्नो स्वार्थ पूरा गरिरहेका थिए । जब कांग्रेस–एमालले दाहालको रणनीति बुझे तब उनीहरुले सहमति गरेर दाहाललाई विपक्षी बेञ्चमा राख्न बाध्य बनाएका हुन् । यसको दोष कांग्रेस–एमालेले होइन दाहालले नै बोक्नुपर्दछ ।
एकपटक धोका दिन सकिएला तर पटक पटक कसैलाई धोका दिन सकिँदैन भन्ने हेक्का अब दाहालाई हुनुपर्दछ । अहिले पनि उनी कांग्रेसलाई फकाउनका लागि आफूलाई केपी ओलीले धोका दिएको बताउँदै उनलाई धोकेदार बताइरहेका छन् भने कांग्रेसप्रति नरम व्यवहार देखाउँदै आएका छन् ।
दाहालले आफ्नो पार्टीका सम्पूर्ण शक्ति लगाएर कांग्रेस र एमालेबीचको सहमति तोड्ने प्रयास गरिरहेका छन् । त्यही कारणले गर्दा उनी कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नरम भएका छन् । आफ्नै पार्टीभित्रको विवाद समाधान गर्न नसकेको र झण्डै ४० वर्षसम्म पार्टी अध्यक्ष रहेको भन्दै उनलाई नेतृत्व हस्तान्तरण गर्न पार्टीभित्रै दवाव पर्दै गएपछि उनी अहिले फेस सेभिङ्गमा लागि परेका छन् ।

footer