kumari
stcnepal

काग्रेसको पुच्छर समातेर वैतणी तर्ने प्रयासमा दाहाल,नेपाल

काठमाडौँ । पाँच दलिय गठवन्धन नै अप्राकृतिक गठवन्धन हो । यो गठवन्धनमा रहेका पाँच दल भीत्र एकमत छैन । नेपाली काग्रेस जसरी भएपनि (एमसीसी ) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन सग भएको अनुदान सम्झौतालाई ससदवाटै अनुमोधन गराउन चाहँछन्, भने राष्ट्रिय जनमोर्चा कुनै हालतमा पनि पारित हुनु नहुने पक्षमा रहेको छ । नेकपा एमालेवाट विभाजित गराईएको माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी भने काग्रेसको पिछलगु भएर दोधारमा रहेको छ । त्यसैगरी माओवादी केन्द्र समेत आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन पुष ११ देखि १३ सम्म सम्न्न भएपछि पारित गराउने पक्षमा नै रहेपनि अध्यक्ष दाहाल वाहेकका अन्य नेताहरु विरोधमा नै रहेकाले असहज अवस्था सिर्जना भएको छ । जनता समाजवादी पार्टीले त त्यस विषयमा आज सम्म पार्टीमा छलफल र वहसै नगरेको भए पनि त्यस पार्टीका नेता डा.वावुराम भट्टराई भने जसरी पनि एमसीसी पारित हुनु पर्दछ भन्दै एमसीसी के पक्षमा रहेका छन् ।
ससदमा उपस्थिति रहेका अन्य सबै दलले एमसीसीको विरोध गरी रहेको अवस्थामा प्रतिनिधि सभाका सभामुख अहिले अप्ठ्यारिलो अवस्थामा रहेका छन् । ससदको प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुखले निष्पक्ष भूमीका निभाउन नसकेको भन्दै उनलाई दुईवटा विकल्प दिएर ससद अवरुद्ध गरीरहेको छ । नेकपा एमालेले कि त सभामुखले राजीनामा दिनुपर्ने कित आफ्नो पार्टीले कारवाही गरी ससदपद रिक्त रहेको सूचना जारी गर्न ससद सचिवालयमा पार्टीको निर्णय सहितको पत्र पठाएकोमा त्यसलाई सभामुखले वेवास्ता गरेका थिए । जनताका समस्याको समाधान गर्ने थलोको रुपमा चिनीएको ससद सभामुख कै कारण अवरुद्ध भएपछि सभामुख सापकोटाले फेरी अर्को संकटमा फस्न चाहेका छैनन् ,त्यसैले उनले पछिल्लो समयमा एमसीसीका बारेमा राष्ट्रिय सहमति हुनु पर्ने एमसीसीका बारेका जनतावाट उठाईएका प्रश्नको जवाफ दिनु पर्ने र ससदमा एमालेले जारी राखेको अवरोध हट्न पर्ने सर्त अघि सारेका हुनाले अहिले कै अवस्थामा सभामुखले एमसीसी सम्झौतालाई अघि वढाउन चाहिरहेका छैनन् , जस्तो देखिएकोले गर्दा पाँच दलिय अप्राकृति गठवन्धन नै संकटमा पर्ने देखिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादव फेस सेभिङ हुने गरी सम्झौता परिमार्जन गरेर अघि बढाउने पक्षमा रहेका भएपनि एमसीसी कार्यलयले सम्झौतामा संशोधन हुन नसक्ने वताईसकेको छ । दाहाल र नेपाल हालको गठवन्धनलाई सुरक्षित राख्ने सर्तमा परिमार्जन सहित एमसीसी पारित गर्ने पक्षमा देखिएका भएपनि त्यो सम्भव नभएकोले गर्दा प्रधानमन्त्री देउवाले अहिले चालु रहेको ससदको वठकमै एमसीसी सम्झौता पेश गर्न खोजेको खण्डमा गठवन्धन नै टुट्न सक्छ । दाहाल नेपाल गठवन्धन टुट्न नहुने पक्षमा रहेका र उनीहरु काग्रेसको पुच्छर समातेर वैतणी तर्न खोजेको हुनाले अन्त्यमा उनीहरु एमसीसी पारित गर्न सहमत हुन सक्छन् ।

footer