kumari
stcnepal

भावी रणनीति र कार्ययोजनाबारे राप्रपामा छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा आम जनताबाट उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यबद्धता प्राप्त भएको जनाएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको आजको विस्तारित बैठकले यात्रालाई सफल पार्न सहयोग पु¥याउने शुभेच्छुक, शुभचिन्तक, आमसञ्चार माध्यम, सुरक्षा निकाय सबैमा आभार प्रकट गरेको छ ।

बैठकले पूर्वघोषणाअनुसार हिन्दू राष्ट्र पुनःस्र्थापनालगायतका माग राखी शान्तिपूर्ण र संविधानको परिधिभित्र रहेर निकट भविष्यबाटै संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा समसामयिक राजनीति, राष्ट्रिय स्वाभिमान यात्राको समीक्षा एवं भावी रणनीति र कार्ययोजनाबारे घनिभूत छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।

सरकार र स्वतन्त्र मधेश गठवन्धनबीच भएको राजनीति सहमतिमा प्रयुक्त भाषा र सम्झौतापछिका गतिविधिले आम जनतामा व्यापक आशङ्का र चिन्ता पैदा भएको उल्लेख गर्दै राप्रपाले सहमतिमा सिके राउत समूहले विखण्डनको मुद्दा परित्याग गरेको उल्लेख नभएको जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहले हिंसा गतिविधिलाई परित्याग गर्नु पर्नेमा जोड दिदै विज्ञप्तिमा भनिएको छ–हिंसा र आतङ्कबाट राजनीतिक परिवर्तन र कुनै पनि समस्याको समाधान हुन सक्दैन । सरकारले पनि प्रतिबन्ध वा दमन होइन वार्ता र सहमतिबाट समस्याको निकास खोज्नु पर्दछ ।

footer