kumari
stcnepal

माओवादीमा दोहोरीने भयो टिके प्रवृति

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्षमा दोहोरिने भएका छन् । प्रचण्डविरुद्ध कसैले पनि उमेदवारी दिने सम्भावना नदेखिएपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । तीन दशकभन्दा लामो समयदेखि प्रचण्ड माओवादी नेतृत्वमा छन् ।अन्य पदाधिकारीमा भने को आउने भन्ने टुङ्गो छैन । माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी बनाउनेछ । माओवादीमा वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६ महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एकजना हुनेछन् ।
बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । माओवादी महाधिवेशनमा प्रतिनिधीले भने नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन् । निर्वाचन हुने अवस्था आएमा सोही केन्द्रीय कमिटी सदस्यले मात्रै मतदानमा भाग लिन पाउनेछन् ।
माओवादी केन्द्रको विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था छ । तर, महाधिवेशनले सो संख्या बढाउन वा घटाउन सक्नेछ । यसरी महाधिवेशनमा भाग लिन आनएका प्रतिनिधिहरुलाई पदाधिकारी चुन्ने र अधिकार नदिएर केन्द्रीय समिति वाटै पदाधिकारी चुनिनु टिके प्रवृति वाहेक अन्य केही हुन सक्दैन ।

footer