kumari
stcnepal

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने दुई जनाको खोजी भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख सुदीप गिरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र अर्घाखाँचीको सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरिएको छ ।

त्यस्तै, घटनामा संलग्न रहेका मुगुकै हस्त नेपाली र चन्द्र साँउदको खोजी भइरहेको उनले बताए। दुवै जना फरार रहेका छन् । उनीहरुले होटलमा बन्धक बनाएर युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ।

footer