kumari
stcnepal

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक उद्घाटन

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । आज स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक ठड्याएको हो । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

 

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।

 

footer