kumari
stcnepal

एमसीसीकै कारण पाँच दलिय गठवनधन टुट्न सक्ने, दाहाल नेपाललाई एमसीसी घाँडो सावित

काठमाडौँ । पाँच दलिय गठवन्धनमा रहेका नेपाली काग्रेस, माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा बीचमा सहमति हुन नसकेकै कारण प्रधानमन्त्री शेरवहादुर देउवालाई छटपटी बढेको छ । प्रधानमन्त्री देउवाले अमेरिकी विदेश सहायक मन्त्री र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनकी उपाध्यक्ष नेपाल भ्रमणमा आएका वेला उनीहरुलाई एमसीसी सम्झौता जसरी भएपनि ससदवाट पारित गराउने आश्वासन दिएका थिए ।

त्यही आश्वासनका कारण अहिले देउवालाई संकट परेको हो । माओवादी केन्द्रको ८ औ महाधिवेशनमा पुगेर देउवाले पाँच दलिय गठवन्धन आउँदो स्थानीय तह, प्रदेश सभा र ससदको निर्वाचनसम्म कायम रहने उद्घोष गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फकाउने प्रयास गरेका थिए । देउवाको उक्त उद्घोष प्रति त्यहाँ उपस्थित भएका नेकपा एकीकृतका अध्यक्ष समेत रहेका माधव नेपालले त ताली पिटेका थिए । अध्यक्ष दाहाल र नेपालले हामीले चाहेको कुरा उद्घोष गरेर काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले हामीलाई ढुक्क वनाएका छन्, भने अभिव्यत्ति समेत दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको ८ औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनितिक प्रस्तावमा अहिले कै अवस्थामा एमसीसी सम्झौता पारित गर्न नसकिने, सम्झौतामा भएका केही प्रावधानहरुको सशेधन हुनुपर्ने, राष्ट्रिय सहमति वन्नु पर्ने र एमसीसी सम्बन्धमा जनताले उठाएका प्रश्नको जवाफ दिनुपर्ने प्रस्ताव उल्लेख गरेपछि प्रधानमन्त्री देउवा दाहालप्रति रुष्ठ बनेका छन् । माओवादीको महाधिवेशनमा उपस्थिति भएका प्रतिनिधिहरुले एमसीसी सम्झौता खारेज गर्नु पर्ने आवाज समेत ठूलो स्वरमा उठाएका छन्, भने केहीले सशोधन गरेरमात्र पारित गर्नु पर्ने आवाज उठाएका हुनाले प्रधानमन्त्रीलाई छटपटी बढेको छ । एमसीसी सम्झौताका वारेमा काग्रेसमा एकमत रहेको भएपनि माधव नेपालको पार्टी भरर्खरै निर्माण भएको हुनाले माधवले अहिलेके अवस्थामा एमसीसी सम्झौतालाई स्वीकार गरे, पार्टी निर्माण मै अवरोध आउने भएकोले उनले समेत अहिले कै अवस्थामा एमसीसी सम्झौतालाई स्वीकार गर्न सक्ने अवस्था रहेको छैन ।

जनता समाजवादीका नेता डा.वावुराम भट्टराई एमसीसी सम्झौतालाई तत्काल पारित गर्नु पर्ने पक्षमा भएपनि अध्यक्ष उपेन्द्र यादव लगायतका अन्य नेताहरु सशोधन सहित पारित गर्नुपर्ने पक्षमा रहेका र राष्ट्रिय जनमोर्चा भने कुनै हालतमा पनि पारित गर्न नहुने पक्षमा रहेकोले गर्दा प्रधानमन्त्री देउवालाई नै पाँच दलिय गठवन्धन घाँडो सावित भएको छ । एमसीसी मुख्यकार्यालय वासिङ्गटन डिसीले सम्झौता सशोधन हुन नसक्ने जानकारी प्रधानमन्त्री देउवालाई दिईसकेको हुनाले देउवा सरकार र पाँच दलिय गठवन्धनले सशोधन चाहेपनि त्यो हुन नसक्ने प्रष्ठ भएको हुनाले एमसीसी सम्झौता पारित गर्न प्रधानमन्त्री देउवाको लागि फलामको चिउरा चपाउनु सरह भएको छ ।

एमसीसी सम्झौताले गर्दा दाहाल नेपाल पनि संकटमा पर्दे गएका छन् । प्रधानमन्त्री देउवाले सघीय ससदको प्रमुख विपक्षी दल र मुलुक कै ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसग पनि एमसीसीका बारेमा कुराकानी गरीरहेका छन् । देउवाले यदि एमसीसी सम्झौता पारित गराउन सहयोग नगरेको खण्डमा पाँच दलिय गठवन्धन नै टुट्न सक्छ भन्ने सन्देश दाहाल नेपाल सक्षम पु¥याएका हुनाले दाहाल नेपाललाई संकट परेको छ । एमसीसी सम्झौता अहिले कै अवस्थामा पारित गर्न सहयोग गरीए आफुहरुलाई राष्ट्रघातीको आरोप लाग्ने र सहयोग नगरीएको खण्डमा पाँच दलिय गठवन्धन टुट्ने र आउँदो निर्वाचनमा काग्रेससँग मिलेर अघि बढ्न नसकेको खण्डमा आ आफ्नो पार्टीहरको नराम्रोसग हार व्यहोर्नुपर्ने भएकोले उनीहरुलाई संकट पर्दे गएको छ

। त्यही कारणले गर्दा केही दिन पहिला माधव नेपालले आउँदो निर्वाचनमा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठवन्धन गरेर निर्वाचनमा जान सक्ने अभिव्यक्ति दिएका छन् । त्यस्तो अभिव्यक्ति पछि प्रधानमन्त्री देउवाले र नेपाली काग्रेसका अन्य नेताहरुको समेत आउदो निर्वाचनमा काग्रेसले कसैसग गठवन्धन नगरी एक्लै निर्वाचनमा जाने वताइरहेका छन् । यदि काग्रेसले अन्य ठूलाहरुसँग गठवन्ध नगरी एक्लै निर्वाचनमा जाने औपचारिक निर्णय गरेको खण्डमा त्यस्को मार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पर्ने निश्चित जस्तै रहेका छ ।
सघीय ससद हुदै सबै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले भने काग्रेसले माओवादी र आफ्नै पार्टीवाट विभाजित भएर गठन भएको नेकपा एकीकृतसँग गठवन्धन नगरोस भन्ने चाहिरहेका हुनाले उस्ले केही विषयमा काग्रेसलाई सहयोग गर्न सक्ने सम्भावना वढ्दै गएको छ । उस्को त्यसवेला एउटै आग्रह हुन्छ । माओवादी र एकीकृत समाजवादीसग सहकार्य नगर्ने सर्त अघि सार्न सक्ने सम्भावना समेत बढेर गएको छ ।

footer