kumari
stcnepal

संघीयता गणतन्त्र र धर्म निरपेक्षताका बारेमा जनमत संग्रहको माग

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले होली पर्वको उपलक्ष्यमा आफ्नै निवास टोखामा आयोजना गरेको कार्यक्रममा संघीयता गणतन्त्र र धर्मका बारेमा जनमत संग्रह गरिनुपर्ने बताएका छन् । आफ्नो निवासमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा बोल्दै उनले धर्म निरपेक्षताको विषयमा मात्र होइन संघीयता र गणतन्त्र बारे स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत संग्रह गरिनुपर्ने बताउँदै धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताएका छन् ।
सो अवसरमार महामन्त्री कोइरालाले भने कांग्रेसको नेतृत्वमा संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भईरहेको अवस्थामा कोइरालाले संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रह गरिनुपर्ने धारणा व्यक्त गरेका हुन् । कोइरालाले यसअघि पनि धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गरिनुपर्ने बताउँदै आएका थिए भने यस पटक उनले संघीयता र गणतन्त्रकै बारेमा जनमत संग्रह गरेर जनताको इच्छा बुझ्नुपर्ने बताएका छन् । महामन्त्री कोइरालाले पहिलो पटक संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रह गरिनुपर्ने अभिव्यक्ति दिएका छन् । आफ्ना ९० प्रतिशत जनता हिन्दु धर्म मान्ने भएकाले आफूपनि हिन्दु धर्मकै पक्षमा रहेको उनले बताएका थिए ।
गत पुषमा सम्पन्न भएको नेपाली कांग्रेसको महासमितिका बैठकमा अधिकांश महासमितिका सदस्यहरुले हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । कोइरालासहितका केही शिर्ष नेताहरुले अभियानलाई समर्थन गर्दै हस्ताक्षर समेत गरेका थिए । बहुमत महासमितिका सदस्यहरुले हस्ताक्षर गरी कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाएका थिए भने केही अगुवा नेताहरुले महासमितिको बन्दसत्रमा त्यस विषयमा प्रश्नसमेत उठाउँदै कांग्रेस हिन्दु राष्ट्रको पक्षमा जानुपर्ने धारणा समेत राखेका थिए । महामन्त्री कोइरालाले ८५ प्रतिशतभन्दा बढी नागरिक हिन्दु भएको राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु उपयुक्त नभएको होली पर्वको उपलक्ष्यमा आफैँले आयोजना गरेको कार्यक्रममा समेत दोहो¥याएका थिए । मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा किन विरोध नगरेको भन्दै महामन्त्री कोइरालाले धर्म गुरुहरुलाई प्रश्न समेत गरेका थिए । कोइरालाका अनुसार क्रिश्चियानीटिको पैसाको कारण धर्म निरपेक्षताको विरोध नभएको दाबी कोइरालाले गरेका थिए । संविधान निर्माणकै बेला ठुला दलका शिर्ष नेताहरु युरोपियन युनियनको प्रभावमा परेर नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका केही राजनीतिक दलहरुले त्यसैबेला विरोध गरेका भएपनि त्यसबेला कसैको आवाज सुनिएन । अहिले आएर हिन्दु राष्ट्रको पक्षमा जनमत बलियो बन्दै गएकाले मुलुकलाई पुनः हिन्दु राष्ट्र कायम गरी सम्पूर्ण हिन्दुहरुको पवित्र तिर्थस्थल नेपाललाई बनाउनुपर्ने माग बढ्दै गएकाले नेपाल हिन्दुराष्ट्र बन्न सक्ने बलिया आधारहरु तयार हुँदै गएका छन् ।

footer